Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • २९ वर्षीय दिनेशको अनौठो डलर धन्दा, जेलबाट छुटेपछि पनि छाडेनन् अबैध कारोबार

    २९ वर्षीय दिनेशको अनौठो डलर धन्दा, जेलबाट छुटेपछि पनि छाडेनन् अबैध कारोबार

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । प्रहरीले आज (बुधबार) बेटिङ अनलाइन साइट वान् एक्स बेटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गर्यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार सार्वजनिक गरेको उक्त पाँच जनामध्ये एक थिए, कैलाली लम्कीचुवा नगरपालिका–१० स्थायी घर भएका दिनेश खड्का ।

    खड्का उनै व्यक्ति हुन्, जो यस अघि पनि अबैध डलर कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । २०७८ माघ १० गते सोमबार पक्राउ परेका श्रेष्ठले नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रुपान्तरण गरेर मोबाइल एप मार्फत अज्ञात ठाउँमा भुक्तानी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो । उक्त घटनामा राजस्व अनुसन्धान विभागले दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुबा नरवहादुर खड्का र केटी साथी अनिता धितालविरुद्ध जिल्ला अदालत काठमाडौंमा विदेशी विनिमय अपचलनको आरोपमा मुद्धा दर्ता गर्यो ।



    कुल ३७ करोड ६४ लाख ११ हजार १०० सय रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । उनीविरुद्धको उक्त मुद्दामा अदालतले २५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।



    त्यतिबेला दिनेशको खातामा ९ करोड ७९ लाख, दिदी भगवती खड्काको खातामा २० करोड ४२ लाख र बुवाको खातामा १ करोड ६४ बराबरको कारोबार देखिएको थियो । त्यतिबेला परि आफ्ना बुवा, दिदी र गर्लफ्रेन्ड नै प्रयोग गरेका दिनेशलाई अहिले श्रीमती भनिएकी अनिताले भने साथ दिएकै देखियो ।

    अबैध रुपमा ठूलो रकमको कारोबार गर्दै आएका दिनेशले चार्टड एकाउन्टेन्ट नै राखेको पनि खुलेको छ । अबैध करोबारमा दुई वर्ष अघि पक्राउ परेर छुटेका दिनेशले आफ्ना गल्ती ढाकछोप गर्न ल्यापटप नै फुटाएपछि उनले अबैध कारोबारलाई पेशा नै बनाएको पुष्टि हुन्छ । उनी बस्ने गरेको मैजुबहालस्थित घरमा प्रहरी आएको थाहा पाउनासाथ दिनेशले आफूसँग भएको ल्यापटप फुटाएको प्रहरीले जनाएको छ ।

    प्रहरीले बुधबार गरेको सार्वजनिक कार्यक्रममा क्रिप्टो र वनएक्स बेटमार्फत् कारोबार गरेको अभियोगमा दिनेशसहित ५ जना थिए । दिनेशकै नेतृत्वमा विभिन्न बैंकहरुमार्फत् उनीहरुले उनीहरु ५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन् ।

    उनीहरुले फरक–फरक कम्पनीका सीमकार्ड प्रयोग गरी विभिन्न माध्यमबाट क्रिप्टोका साथै सट्टेबाजी पनि गर्दै आएको पुष्टि भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार दिनेश वान एक्स बेटका नेपालका मुख्य एजेन्ट पनि हुन् ।

    प्रहरीका अनुसार खड्काले ६५ करोड ७७ लाख ८८ हजार अनलाइन बेटिङमा कारोबार गरेको देखिएको छ भने दिपेशले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको छ ।

    त्यस्तै चन्दले ५४ लाख र लामिछानेले २ करोड ९८ लाख ९६ हजार कारोबार गरेको प्रहरीले फेला पारेको छ । लामिछाने भने वान एक्स बेटका नेपाली एजेन्टहरुको कारोबार गर्ने चार्टड एकाउन्टेन्ट रहेको खुलेको छ । उनीहरुको नेपाली एजेन्टहरुसँग पैसा संकलन गरेर विदेश पैसा पठाउने गरेको प्रहरीले जनाएको छ । केसीका अनुसार दिनेश र अनिता श्रीमान्–श्रीमती हुन् । यसअघिको अवैध डलर प्रकरणमा पनि अनिताको संलग्नता देखिएको थियो ।

    अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई हिजो उपत्यकाको मैजुबहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, वुद्दनगर लगायतका स्थानबाट ३४ थान बिभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्डसहित नियन्त्रणमा लिएको हो ।

    प्रहरीले उनीहरुको साथबाट ल्याप्टप थान – ४, डायरी थान – ६ , सिम कार्ड थान – ३४, मोबाईल थान – ७, नागरिकताको प्रतिलिपी थान – ६, बिभिन्न बैंकका चेकबुक थान ( १४ , बिभिन्न बैंकका एटीएम थान – ५ र राउटर थान( २ बरामद गरेको छ ।

    उनीहरुलाई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    दिनेश २०७८ सालमा पक्राउ पर्दा कुनै ठूलो आय स्रोत र व्यापार व्यवसाय नभएपनि उनका परिवारका तीन जना र दिनेशको केटी साथी(अहिले श्रीमती भनिएकी)को खातामा तीन महिनाको अवधिमा ३७ करोड रुपैयाँ डिपोजिट भएको फेला परेको थियो ।

    त्यतिबेला ग्लोबल आइएमई बैंकमा रहेको दिनेशको खातामा ९ करोड ८९ लाख ९८ हजार ५८१ रुपैयाँ ७७ पैसाद र सोही बैंकमा रहेको उनका बुबा नरेशबहादुर खड्काको खातामा एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ ३५ पैसा रकम डिपोजिट भएको पाइएको थियो भने दिनेशकी दिदी भगवती खड्काको एनआईसी एसिया बैंकमा रहेको खातामा २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र दिनेशकी केटी साथी अनिता धितालको नाममा लक्ष्मी बैंकमा रहेको खातामा ५ करोड ७७६ लाख ६ हजार ८२६ रुपैयाँ तीन महिनाको बीचमा डिपोजिट भएको देखिएको थियो ।

    अनुसन्धानका क्रममा प्राप्त मोबाइल, ल्यापटप र अन्य प्राविधिक उपकरणअनुसार ती खातामा भएको रकमलाई दिनेशले ईस्क्रिल र बिन्यासमार्फत लोड तथा अनलोड गरी डलरमा भुक्तानी गर्ने गरेको भेटिएको थियो । उनै दिनेशले अहिले फेरि सोही प्रकारको धन्दा चलाएको प्रहरीको दावी छ ।

    दिनेशले राजनीतिक आडमा अवैध धन्दा चलाउँदै आएको पनि खुलेको छ । २०७८ सालमा दिनेश पक्राउ पर्दा उनी नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाई सदस्य थिए भने उनको बुबा नरबहादुर नेकपा एमालेको सुदुर प्रदेश कमीटी सदस्य हुन् । एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा नरबहादुर कैलालीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । यसअघि उनी कैलाली एमालेका निर्वाचित जिल्ला कमिटी सदस्य थिए ।

    अनुसन्धानबाट खुल्न आएका कुराहरुः

    • पक्राउ पर्ने मध्ये दिनेश खडकाले राम बिलाश डि.थारु, तेज बहादुर ठयात खडका, नबिन चौधरी, अनिता धितालको कागजातहरु प्रयोग गरी बिभिन्न ६३ वटा खाता खोली उक्त खाता मध्येमा १२ वटा खातामा हाल सम्म करोड बराबरको कारोबार भएको देखिएको ।
    • अनिता धितालले आफ्नो मोबाईलमा बाईनेन्स खाता खोली USD किन्ने गरेको देखिएको ।
    • दिनेश खडकाले Jungle, Pukudon, Pinky, Pintu, punti, Gullu, chiku1, Onion1 नामको Connect IPS Account खोली कारोबार गर्ने गरेको देखिएको ।
    • पक्राउ पर्ने मध्ये दिपेश श्रेष्टले चलाउने गरेको ९८०८३२२००२, ९८१३०४३१२४, ९८५१०८५५३९, ९८५११३४२३९ नम्बरको E-sewa मा क्रमश:रु २१ लाख २९ हजार, रु १९ लाख ८२ हजार, रु १२ लाख ९० हजार, रु ५ लाख २८ हजार गरी जम्मा रु ५९ लाख २९ हजार बराबको कारोबार भएको देखिएको ।
    • दिपेश श्रेष्टलको माच्छापुच्छ्रे बैंक, NIC Asia बैंक, प्रभु बैंक, सानिमा बैंकमा क्रमश: रु १ करोड ३७ लाख ९० हजार, रु २ करोड १७ लाख ६१ हजार, रु २५ लाख ८३ हजार, रु १ लाख ४५ हजार र निज दिपेशले चलाउने NIC Asia बैंकमा अमित श्रेष्टको नामको खाताबाट रु २ करोड १ लाख ७० हजार गरी जम्मा रु ५ करोड ५४ लाख ६६ हजारको कारोबार देखिएको ।
    • दिपेश श्रेष्टले आफ्नो मोबाईलमा Crypto Currency Trade गर्नलाई Binance Account खोली कारोबार गर्ने गरेको देखिएको ।
    • पक्राउ पर्ने मध्ये दिनेश चन्दको प्रभु बैंकको खातामा हाल सम्म ४५ लाखको कारोबार गरेको देखिएको ।
    • पक्राउ पर्ने मध्ये आशिष लामिछानेले NIC Asia, ग्लोबल आईएमई बैंक, माहालक्ष्मी बिकास बैंक, सनराईज बैंक गरी क्रमश: रु १ करोड ४० लाख, रु १ करोड १ लाख ६१ हजार, रु ५३ लाख ४० हजार, रु ३ लाख ९५ हजार गरी जम्मा रु २ करोड ९८ लाख ९६ हजारको कारोबार भएको देखिएको र अरु बैंकको विवतण आउन बाँकी रहेको ।
    • पक्राउ परेका ब्यक्तिहरुबाट हाल सम्म ७४ करोड १३ लाख ५० हजार ७१३ कारोबार भएको देखिएको र थप विवरण आउन बाँकी रहेको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार