Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अनलाइन सट्टेबाजीमा संलग्न १५ जना पक्राउ

    अनलाइन सट्टेबाजीमा संलग्न १५ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 510
    SHARES

    बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाइन माध्यमको प्रयोग गरि सट्टेबाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको आरोमा १५ जना पक्राउ परेका छन् ।

    बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेलसहित १५ जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो ।



    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेबपोर्टलमार्फत आइपिएल लगायत खेलहरूमा अनलाइन सट्टेबाजी गराएको खुल्न आएको छ ।

    यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार