Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ‘वान् एक्स बेट’ मार्फत सट्टेबाजी गराउने थप एक जना पक्राउ, ७ करोड बढीको कारोबार

    ‘वान् एक्स बेट’ मार्फत सट्टेबाजी गराउने थप एक जना पक्राउ, ७ करोड बढीको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 759
    SHARES

    काठमाडौं । वान् एक्स बेट मार्फत सट्टेबाजी गराउने अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि तीन जनालाई पक्राउ गरेको प्रहरीले फेरि लमजुङ घर भइ काठमाडौंको टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो ।

    विश्वकप लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा वान् एक्स बेटलगायतका एप मार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने एजेन्टका रुपमा उनी सक्रिय रहेको खुलेको छ ।



    उनलाई बुधबार महानगरपालिका वडा नं.२८ कमलपोखरीबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    गौलीले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा खाता खोली कारोबार गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    गौली एक्लैले ईसेवा, आईएमई पे र खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणाली मार्फत २ करोड ३६ लाख ३३ हजार १३८ रकम बराबरको कारोबार देखिएको छ ।

    यसैगरी विभिन्न व्यक्तिले २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणाली मार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रूपैयाँ बराबरको कारोबार गरेको देखिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार