Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्रिप्टोकरेन्सी कारोबार आरोपमा पक्राउ परेका विश्वरामसँग ६ लाख धरौटी माग

    क्रिप्टोकरेन्सी कारोबार आरोपमा पक्राउ परेका विश्वरामसँग ६ लाख धरौटी माग

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका एक जनासँग ६ लाख धरौटी माग गरिएको छ ।

    जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका काभ्रे मण्डनदेउपुर गाउँपालिका-७ का २८ वर्षीय विश्वराम श्रेष्ठसँग ६ लाख रूपैयाँ धरौटी माग गरेको हो ।



    गत असार ३२ गते आफ्नो बैंक खाताबाट अचानक रकम ट्रान्सफर भएको भन्दै जीवनराम उप्रेती जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गर्दा उनको रकम विश्‍वरामको खातामा जम्मा भएको देखिएको थियो।



    त्यसपछि प्रहरीले साउन १ गते नै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान गर्दा उनले क्रिप्टोकरेन्सी कारोबार गरिरहेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    उनका अनुसार यस कारोबारमा अर्का एक जना व्यक्ति पनि संलग्न छन्। उनी दुबई बस्ने ज्ञानबहादुर श्रेष्ठ हुन् । उनले वैदेशिक रोजगारमा काम गरिरहेका व्यक्तिहरूलाई भेला पारेर पैसा जम्मा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । सो पैसाको उनले पनि क्रिप्टो नै किनेर विश्वरामको क्रिप्टोकरेन्सी बाइनेन्सको खातामा पठाइदिने गरेका थिए ।

    फेरि सोही क्रिप्टोकरेन्सी बिक्री गरी ज्ञानबहादुरले टिपाएका बैंक खाताहरूमा रकम जम्मा गर्ने गरेको खुलेको हो । यसमा अनुसन्धान सकेर परिसरले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी मंगलबार धरौटी माग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार