Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कार्गो व्यवसायको आवरणमा महिमाको क्रिप्टो धन्दा

    कार्गो व्यवसायको आवरणमा महिमाको क्रिप्टो धन्दा

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 7K
    SHARES

    काठमाडौं । दोलखाको लामाबगर नाका हुँदै सुन तस्करी गर्ने गिरोहका १५ जना पक्राउ गरी प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोगमा दोलखा प्रहरीले तस्करीमा २७ जनाको पहिचान गरेको हो ।

    पक्राउ परेका १५ जनामध्ये सुन तस्करीमा संलग्न चिनियाँ, उनीहरुलाई सघाउने नेपाली, तस्करीको सुन किन्ने पसले तथा तस्करीको पैसा अवैध तकिारले पठाउनेसम्म छन् । खासगरी क्रिप्टोकरेन्सीमार्फत तस्करीको पैसा पठाएको आरोपमा महिमा माझीलाई प्रहरीले पक्राउ गरेको छ ।



    माझी सुन्धारामा एमथ्रि कार्गो चलाउँदै आएकी छिन् । सोही कार्गोको आवरणमा उनले क्रिप्टो कारोबार गर्दै आएकी हुन् । उनको मोबाइल तथा ल्यापटपबाट कति क्रिप्टो कारोबार भएको थियो भन्नेमा अझै अनुसन्धान चलिरहेको प्रहरी स्रोत बताउँछ । रामेछाप घर भएकी सामान्य हैसियतकै माझीले अवैध कारोबारबाटै प्रशस्त सम्पत्ति कमाएकी थिइन् ।



    उनको केही प्रहरी अधिकारीसँग समेत निकटता रहेको स्रोत बताउँछ । उनले अप्रत्यक्ष रुपमा हुन्डीको कारोबार पनि गर्दै आएकी थिइन् । हङकङमा रहेको गिरोहसँग उनको सम्पर्क देखिएको प्रहरी स्रोत बताउँछ । सुन गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ पक्राउ परिसकेका छन् ।

    उनीहरुलाई तस्करीमा सघाउने दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा, सुनमाला तामाङ, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केशर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि पक्राउ परिसकेका छन् ।

    क्रिप्टोमा समेत आबद्ध सनद प्रधान पनि पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक किशोर भने नाबालक भएकाले तारेखमा छुटेका छन् । सरकारी वकिल कार्यालयले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन अनुसार मुद्दा दायरको तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार