Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • क्रिप्टोकरेन्सीलाई मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

    क्रिप्टोकरेन्सीलाई मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 864
    SHARES

    फाइल फोटो

    काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ ।

    क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।



    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।



    आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार