Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्राधिकरणले भन्यो – गैरकानुनी अनलाइन कारोबार रोक्नू, अर्थतन्त्रमा जोखिम निम्तायो

    प्राधिकरणले भन्यो – गैरकानुनी अनलाइन कारोबार रोक्नू, अर्थतन्त्रमा जोखिम निम्तायो

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 615
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

    अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाले अर्थतन्त्रमा जोखिम निम्ताएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले साइट बन्द गर्न लागेको हो ।



    विधिको उपयोग गरी त्यस्ता गैरकानुनी साइट बन्द गराउन लागिएको प्राधिकरणले जनाएको छ । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको जनाइएको छ ।



    प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार