Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

    बहुविवाह गरेका व्यक्तिलाई समानुपातिक सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 675
    SHARES

    फाइल फोटो

    काठमाडौं । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

    निर्वाचन आयोगमा निवेदन दर्ता गराउदा समेत बहुविवाह गरेका व्यक्तिहरुलाई समानुपातिकको सूचिबाट हटाउने निर्णय नभएको उल्लेख गर्दै अभिवक्ता केदार लुईंटेलले रिट निवेदन दर्ता गराएका हुन ।



    सर्वोच्च अदालतमा सो रिटमा आइतबार सुनुवाई हुने भएको छ । रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचिमा परेका व्यक्तिहरु, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरुलाई समेत विपक्षी बनाइएको छ ।



    कानुनले कसूरदार मानेका व्यक्तिहरुलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन र उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्न समेत रिट निवेदनमा माग गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार