Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशका ७५३ वटै पालिकामा आज निर्वाचन अधिकृतको कार्यालय खुल्दै

    देशका ७५३ वटै पालिकामा आज निर्वाचन अधिकृतको कार्यालय खुल्दै

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 948
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ ।

    निर्वाचन आयोगले प्रशिक्षण दिएपछि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटिन लागेका हुन् ।



    सबै निर्वाचन अधिृकत कार्यक्षेत्रमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरुले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा पालिकामा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्नेछन् ।



    आयोगका प्रतिनिधिका रुपमा पालिकामा पुगेका उनीहरुले चुनावको सबै तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् ।

    साथै आचारसंहिताको अनुगमन पनि गर्नेछन् । आयोगले ७७ जिल्लाका न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । चुनावी तालिका अनुसार आउँदो ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार