Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङको एक मस्जिदमा अज्ञात समूहद्वारा आक्रमण, ८ जना घाइते

    दाङको एक मस्जिदमा अज्ञात समूहद्वारा आक्रमण, ८ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 954
    SHARES

    दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहले नमाज पढिरहेकाबेला आक्रमण गरेको छ ।

    आक्रमण हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



    लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।



    उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए । प्रहरीका अनुसार लमही नगरपालिका( ५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् ।

    घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको उनले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार