Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपाल प्रहरीका पाँच जना डीआईजीको सरुवा , बढुवा भएका चार जनाको पनि पदस्थापन

    नेपाल प्रहरीका पाँच जना डीआईजीको सरुवा , बढुवा भएका चार जनाको पनि पदस्थापन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गृह मन्त्रालयको निर्णय अनुसार नेपाल प्रहरीका पाँच जना डीआईजीको सरुवा भएको छ ।  डीआईजीहरू मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा गरिएको जनाएको छ ।

    आचार्यको कार्य बिभाग, सिंहको बागमती प्रदेश कार्यालय हेटौंडा , कंडेलको सिआईबी तथा रन्जितकारको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरुवा भएको छ। त्यस्तै, डिआईजी प्रकाश जंग कार्कीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागमा सरुवा भएको छ।



    हालै बढुवा भएका ४ डीआईजीहरूको पनि पदस्थापना भएको छ ।  पदस्थापना भइ जिम्मेवारी पाउनेहरुमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् । यस्तै ४ डीआईजीको सरुवा पनि भएको छ ।



    उपाध्ययको उपाध्ययको लुम्बिनी प्रदेश कार्यालय दाङ, आचार्यको सुदुर पश्चिम प्रहरी कार्यालय धनगढी ,चौधरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा खाँ को मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार