Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटको लागि विवाद हुँदा जसपामा कुटाकुट, १० जना घाइते

    टिकटको लागि विवाद हुँदा जसपामा कुटाकुट, १० जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 6.7K
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)मा वैशाख ३० गते हुने स्थानीय तहको चुनावको टिकटका लागि कुटाकुट भएको छ ।

    आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको हो ।



    कुटाकुटमा १० जना नेता तथा कार्यकर्ता घाइते भएका छन् ।



    कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।

    स्रोतले दिएको जानकारी अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

    मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लागि बिहानदेखि बसेको बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरुलाई दबाब दिँदै आएका थिए ।

    तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरूको भिडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादव लगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपिट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार