Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसले टुंगो लगायो काठमाडौं र भक्तपुरका सबै नगरपालिकाका उम्मेदवार

    कांग्रेसले टुंगो लगायो काठमाडौं र भक्तपुरका सबै नगरपालिकाका उम्मेदवार

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 921
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि काठमाडौं र भक्तपुरका सबै नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

    वाग्मती प्रदेश संसदीय समितिले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्कीलाई उम्मेदवार बनाएको छ ।



    त्यस्तै, गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाललाई उम्मेदवार बनाएको छ ।



    चन्द्रागिरी नगरपालिकाको मेयरमा घनश्याम गिरी र उपमेयरमा यमुनादेवी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    यस्तै तारकेश्वर नगरपालिकाको मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा श्रृजना बुर्लाकोटी, दक्षिणकाली नगरपालिकाको मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ, नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बुढानिलकण्ठ नगरपालिकाको मेयरमा विनोद चालिसे र शंखरापुर नगरपालिकाको मेयरमा ओम कार्की र उपमेयरमा समिता श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै, भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको मेयरमा निशान ढुंगेल, चाँगुनारायण नगरपालिकाको मेयरमा जीवन खत्री र भक्तपुर नगरपालिकाको मेयरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार