Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीका डिआईजी अर्याल एआईजीमा बढुवा

    सशस्त्र प्रहरीका डिआईजी अर्याल एआईजीमा बढुवा

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका डिआईजी राजु अर्याललाई एआईजीमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो ।

    यहि बैशाख ४ गते गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजी बढुवामा सिफारीस गर्ने निर्णय गरेको थियो । सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डीआईजीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएका थिए ।



    डीआईजी अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालले बढुवाका लागि प्रमाणपत्र बुझाएपनि गृहले वरियताका आधारमा एक नम्बरमा रहेका अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।



    हालका महानिरीक्षक पुष्पराम केसीले १८ वैशाखमा अनिवार्य अवकाश पाएपछि १९ वैशाखदेखि अर्यालले सशस्त्रको नेतृत्व लिनेछन् ।

    पेसाप्रति निडर, इमानदार र व्यावसायिक छवि बनाएका ४८ वर्षीय अर्याललाई बुधबार दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । उनी अब ६ दिन मात्र एआईजी रहनेछन् । सशस्त्र प्रहरी बलको २१ वर्ष लामो इतिहासमा सबैभन्दा छोटो समय एआईजी बनेर महानिरीक्षक बन्ने उनी पहिलो व्यक्ति हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार