Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘धर्मेन्द्र र सुदर्शन पार्टी निर्णयविपरीत गएपछि कारवाही गरियो’

    ‘धर्मेन्द्र र सुदर्शन पार्टी निर्णयविपरीत गएपछि कारवाही गरियो’

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको जनाएका छन् ।

    महासचिव विप्लवले ओली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप पनि लगाएका छन् ।



    उनले काठमाडौंमा सचिवालयका सदस्यहरु दुइपटक बसेर पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरेपनि त्यसको विपक्षमा ओली र बास्तोला उभिएको बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार