Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाघले आक्रमण गर्दा एक जनाको मृत्यु

    बाघले आक्रमण गर्दा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    चितवन । बाघले आक्रमण गर्दा चितवनमा एक जनाकाे ज्यान गएकाे छ ।

    आइतबार बिहान घाँस काट्न कुमराेज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहालकाे बाघले आक्रमण गर्दा ज्यान गएकाे चितवन प्रहरीले जनाएकाे छ ।



    राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेको छ भन्ने खबर प्राप्त भएपछि खाेजीका लागि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाकाे टाेली हात्तीसहित जंगल छिरेको थियाे ।



    दाहालकाे शव बाघले आक्रमण गरेको ठाउँभन्दा अन्दाजी १ किलोमिटर पर बिहान १० बजे तिर फेला परेकाे चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार