Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अतिरिक्त महानिरीक्षक पौडेल र ज्योती के.सीको पनि बिदाई

    आईजीपी राजु अर्याललाई जिम्मेवारी बुझाएर बिदा भए आईजीपी पुष्पराम

    आईजीपी राजु अर्याललाई जिम्मेवारी बुझाएर बिदा भए आईजीपी पुष्पराम

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सोमबारदेखि सेवा निवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहकाबीच उनीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले फुलमालाका साथ मायाको चिनो प्रदान गर्दै बिदाई गरेका हुन् ।



    यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.लाई सो संघकी उपाध्यक्ष श्रीमती अनिता अर्यालले फुलमालासहित बिदाई गरिन् । सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन् ।



    समारोहमा सम्बोधन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्यालले उनीहरुले सशस्त्र प्रहरी बल नेपालमा ३० बर्षसम्म सेवारत रहेर राष्ट्रको सुरक्षा आम नागरिकको सेवा र सांगठनिक विकासमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी जीवन सुखमय रहोस् भन्दै शुभकामना व्यक्त गरे ।

    यस्तै सशस्त्र प्रहरी महानिरीक्षक के.सी. र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सलामी अर्पण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार