Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एआईजी थापा काममा फर्किए

    एआईजी थापा काममा फर्किए

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै विदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा काममा फर्किएका छन् ।

    तेस्रो नम्बर वरीयताका एआईजी आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले विदा लिएका थिए ।



    पोखरेलको एक महिना र थापाको १० दिन विदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिएका थिए ।



    तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग भेट गरेपछि उनी काममा फर्किन सहमत भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार