Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, सीआईबीमा बज्राचार्य

    नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, सीआईबीमा बज्राचार्य

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 855
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।



    उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मा श्यामलाल ज्ञवालीले पाएका छन्।



    यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा किरण बज्राचार्यले जिम्मा पाएकी छन्।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ।

    नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार