Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिपलाई

    नेपाल प्रहरीका चार एआईजीको पदस्थापन, प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिपलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 864
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को पदस्थापन गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।



    बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको छ भने प्रदेश समन्वय निर्देशनालयको जिम्मा सुदिप गिरीले पाएका छन्।



    त्यस्तै, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।

    यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार