Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एआइजी बिसीले पाए अवकाश

    एआइजी बिसीले पाए अवकाश

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) अरूणकुमार बिसीले अनिवार्य अवकाश पाएका छन् ।

    एआईजीको ५६ वर्षे उमेर हदका कारण बिसीले मंगलबारदेखि अवकाश पाएका हुन् । उनी प्रशासन विभागमा कार्यरत थिए ।



    यसअघि नै नेपाल प्रहरीमा दुई वटा एआइजी पद खाली भइसकेको थियो। योसँगै तीन वटा एआइजी पद खाली भएका छन् ।



    यसअघि भदौ ३२ गते मुकुन्दराज आचार्य र साउन २० गते विश्वराज पोखरेलले उमेर हदका कारण अवकाश पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार