Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनी

    उपत्यका प्रहरी प्रमुखमा एआईजी दिवेश लोहनी

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनी काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) मा सरुवा भएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा कार्य विभाग र अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी लोहनीलाई सरकारले उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरेको हो ।



    कात्तिक २४ गते एआईजी रवीन्द्र धानुक अनिवार्य अवकाश पाएपछि कार्यालय प्रमुखको पद खाली रहेको थियो । दिवेश आईजीपी धीरजप्रताप सिंहकै ब्याची हुन् ।



    उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमान्ड गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार