Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १७ डीआईजीको काज सरुवा, एआईजी बढुवा अन्योलमा

    १७ डीआईजीको काज सरुवा, एआईजी बढुवा अन्योलमा

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 978
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको काज सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले बिहिवार सूचना निकाल्दै १७ डीआईजीहरुको काज सरुवा गरिएको जनाएको छ ।



    सरुवा हुने डीआईजीहरुमा दीपक थापा बागमती, टेकप्रसाद राई लुम्बिनी, वसन्त कुँवर मधेस, अशोक सिंह सुदुरपश्चिम, भिम ढकाल कर्णाली, श्यामलाल ज्ञवाली १ नम्बर प्रदेश, बुद्धिराज गुरुङ गण्डकी, दुर्गा सिंह भरतपुर शिक्षालय र किरण राणाको एयरपोर्टमा सरुवा भएको छ ।



    नेपाल प्रहरीमा हाल चार एआईजी पद रिक्त रहेको छ । तर, आईजीपी धिरजप्रताप सिंहले एआईजीमा बढुवा भन्दा पनि डीआईजीहरुको सरुवा गरी वढुवा प्रकृया नै लम्ब्याएका छन् । डीआईजीहरुको सरुवामा इन्चार्जबाट पुन: इन्चार्ज पाउनेहरु पनि देखिएका छन् ।

    एयरपोर्टको प्रमुख रहेका श्याम ज्ञवालीलाई आर्कषक मानिने १ नम्बर प्रदेशमा पठाईएको छ भने आर्थिक प्रशासनमा बसेर अनियमिततामा मुुछिएका दीपक थापालाई वागमती प्रदेशमा पठाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार