Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सशस्त्रका नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस

    सशस्त्रका नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीको एआईजीमा डीआईजी नारायणदत्त पौडेल बढुवा सिफारिस भएका छन् ।

    गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिको बैठकले बुधवार उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।



    रिक्त रहेको एआईजी पदमा पौडेललाई सिफारिस गरिएको बढुवा समितिको सचिवालयले एक सूचनामार्फत जानकारी दिएको छ ।



    सशस्त्रमा एआईजीको दुई पद खाली भएपनि बढुवा समितिले एक सिटमा मात्रै बढुवा सिफारिस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार