Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै

    आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

    मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुनेछन् ।



    पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको आयोगले जनाएको छ ।



    मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ । पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यहि दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ ।

    यस्तै आयोगले मतदाता शिक्षा पनि दिने भएको छ। वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार