Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वसांसद भिमबहादुर श्रेष्ठसहित चितवन कांग्रेसका पाँच नेता पार्टीबाट निलम्बित

    पूर्वसांसद भिमबहादुर श्रेष्ठसहित चितवन कांग्रेसका पाँच नेता पार्टीबाट निलम्बित

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    चितवन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पार्टीको नीति विपरित निर्वाचन गतिविधिमा संलग्न रहेको भन्दै चितवनका पाँचजना नेता÷कार्यकर्तालाई निलम्बन गरेको छ।

    कांग्रेसले सत्ता गठबन्धनको निर्णयबमोजिम नगर्ने चितवनको भरतपुर महानगरपालिकाका पाँच जना नेताहरूलाई साधारण सदस्यबाट निलम्बन गरेको हो ।



    पार्टीको निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेको भन्दै पूर्वसांसद भिमबहादुर श्रेष्ठसहित ५ जना निलम्बनमा परेका हुन् ।



    निलम्बन हुनेमा नेपाल तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्याल , पूर्वसचिव आनन्द राउत, पार्टीका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र डाक्टर केशब पौडेल रहेका छन् ।

    उनीहरुलाई पार्टीको केन्द्रीय कार्यालयले निलम्बन गरेको हो । विधान विपरित कारबाही गरेको पत्र जिल्ला समिति कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले बताए ।

    भरतपुर महानगरपालिकामा गठबन्धन दलबीच तालमेल हुँदा मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।

    तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

    चितवनमा कांग्रेसले गठबन्धन गरेको भन्दै आफ्ना मतदाताहरुलाई हसिया हतौडामा भोट हालेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाललाई जिताउन निर्देशन दिएको छ । तर, चितवन कांग्रेका नेता जगन्नाथ पौडेलले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् । चितवनका अधिकांश कांग्रेस कार्यकर्ताहरुले भने हसिया हतौडामा भोट नहाल्ने बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार