Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मौन अवधिमा फेसबुकमार्फत बालेनको अपिल–हामी स्वतन्त्र छौं

    मौन अवधिमा फेसबुकमार्फत बालेनको अपिल–हामी स्वतन्त्र छौं

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । भोली हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि जारी छ । मौन अवधिमा भोट माग्न वा प्रचार प्रसार जस्ता कार्यहरु गर्न पाईंदैन । तर, काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले भने सामाजिक सञ्जाल फेसबुकमा अपिल जारी गरेका छन् ।

    मौन अवधिमा आफूविरुद्ध दुष्प्रचार भएको भन्दै खण्डन गरेका हुन् । शाहले आफूविरुद्ध दुष्प्रचार भएको भन्दै केही बेर अघि फेसबुकमार्फत खण्डन गरेका हुन्।



    आफू कुनै पार्टी प्रवेश नगरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन नगरेको जनाउँदै उनले निराधार हल्लाहरु फैलाउने प्रयास भएकोप्रति हदैसम्म खण्डन गर्दै आफूहरु स्वतन्त्र भएको दावी गरेका छन् ।



    शाहले मौन अवधिपूर्व मतदाताहरुको ‘घरदैलोमा प्रवेश’ गर्ने र मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु नगरेको प्रष्ट्याएका छन्।

    निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ उम्मेदवारहरुले आफ्ना मतदातालाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयंले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने भएको उल्लेख गर्दै शाहले यसरी सहि उम्मेदवारलाई मतदान गर्न सकिने बताएका छन्। लोकतन्त्रको यो उत्तम तरिका भएको उनको भनाइ छ।

    यस्तो छ बालेनको फेसबुक स्टाटस
    हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरु फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ । हामी स्वतन्त्र छौँ । र, मौन अवधिपुर्व हामी मतदाताहरुको ‘घरदैलोमा प्रवेश’ गर्ने र हाम्रा मतदाताहरुको नै समर्थन लिनेदिने बाहेक अरु कुनै किसिमका व्यवहारहरु गरेका छैनौँ ।

    निर्वाचन भन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरुले आफ्ना मतदाताहरुलाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सहि उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो ।
    तर, यहि समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरुमाथिको अन्याय हो । मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन हार्दिक अपिल गर्दछौँ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार