Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • साइत हेराएर ११ः०३ बजे मतदान गरेका बालेन शाहले भने – जित निश्चित छ

    साइत हेराएर ११ः०३ बजे मतदान गरेका बालेन शाहले भने – जित निश्चित छ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदार बनेका बालेन शाहले आफ्नो जित निश्चित भएको बताएका छन् ।
    ज्योतिषीबाट साइत हेराएर ११ः०३ बजे मतदान गरेका उनले जित निश्चित भएको दावी गरेका हुन् ।

    मतदानलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफ्नो जित निश्चित रहेको दाबी गरेका हुन् । शाहले काठमाडौं– ९ गैरीगाउँमा रहेको अन्नपूर्ण स्कूलको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।



    यसअघि एकपटक मात्रै मतदान गरेको अनुभव रहेको बताएका उनले यसपालीको मतदानमा धेरै फरक अनुभव संगालेको बताए ।



    बालेनले आफू ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेरेर मतदान गरेको स्वीकार गरे । उनले भने–‘ज्योतिषशास्त्र पनि विज्ञान हो । म यसमा विश्वास गर्छु । म इन्जिनियरसँगै एस्ट्रोलोजीको पनि विद्यार्थी भएकाले साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हालेको हुँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार