Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • स्थानीय तहको निर्वाचन उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रधानमन्त्री देउवाको दाबी

    स्थानीय तहको निर्वाचन उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रधानमन्त्री देउवाको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको दाबी गरेका छन् ।

    प्रधानमन्त्री  देउवाले शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।



    देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्मपन्न भएको दाबी गरेका छन् ।
    नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको देउवाको भनाइ छ ।



    देउवाले आजको निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको गरेका गरका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार