Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी : कांग्रेस खुसी, एकीकृत समाजवादी रुष्ट

    स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी : कांग्रेस खुसी, एकीकृत समाजवादी रुष्ट

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत मतपरिणाम आउने क्रम जारी छ । एक सातादेखि जारी मतगणनामा अधिकांश गाउँपालिका र नगरपालिकाहरूको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगर र उपमहानगरपालिकाको मतगणना जारी नै छ ।

    यो समाचार तयार पार्दासम्म करिब ६ सय ६३ स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ, जसमा नेपाली कांग्रेसले ३ सय ५, नेकपा एमाले १ सय ८८, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टीले २४, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानीय तहमा विजयी हासिल गरेका छन् ।



    गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले यस पटकको निर्वाचनमा विरासत जोगाउन सकेन । यता सत्ता गठबन्धन बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी भएको पाँच दलीय गठबन्धनभित्र भने चुनावी परिणामको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ ।



    गठबन्धनको लाभ सबैभन्दा बढी नेपाली कांग्रेसलाई पुगेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा २ सय ६६ स्थानीय तहको निर्वाचन जितेको कांग्रेसले यसपटक ३ सय ६ स्थानीय तहमा जित हासिल गरेको छ ।

    यता माओवादी केन्द्रले पनि गठबन्धनबाट अपेक्षाकृत सफलता हात पार्दा नेकपा एकीकृत समाजवादी भने रुष्ट बनेको छ । एकीकृत समाजवादीले कांग्रेस र माओवादीले गठबन्धनमा अपेक्षाकृत रूपमा सहयोग नगरेको बताएको छ । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार