Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने

    बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1K
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ ।

    विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको सहभागितामा उक्त मिति तय भएको हो ।



    प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकबाट २३ गते चुनाव हुने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिए ।



    वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार