Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बुढीगंगा नगरपालिका : एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि

    बुढीगंगा नगरपालिका : एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, २५ असार २०७९
  • 837
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्।

    प्राप्त पछिल्लो विवरण अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत ल्याएका छन्।



    उपप्रमुखमा एमालेकी माया कुमारी खड्का कुवँरले २७ सय १६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह) ले १५ सय ७७ मत ल्याएकी छिन् ।



    ४५ सय ५६ मत गणना भइसक्दा यो नतिजा आएको र अहिले ५ हजारभन्दा बढी मत गणना भइसकेको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारी दिए। कुनै अवरोध नभए ९ हजार १ सय २८ मत खसेको बुढीगंगाको अन्तिम मत परिणाम भोलि विहानसम्म सार्वजनिक हुने कठायतले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार