Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्थानीय चुनावपछि निक्षेप बैंकिङ प्रणालीमा आउन थाल्यो, ६ अर्ब अझै प्रणाली बाहिरै

    स्थानीय चुनावपछि निक्षेप बैंकिङ प्रणालीमा आउन थाल्यो, ६ अर्ब अझै प्रणाली बाहिरै

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 795
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ ।

    गत वैशाख ३१ को स्थानीय तहको निर्वाचनपछि निक्षेप भित्रिन थालेको हो । गत वैशाख ३० सम्ममा ४३ खर्ब ७० अर्ब निक्षेप रहेकोमा जेठ १३ सम्म आइपुग्दा ४३ खर्ब ८३ अर्ब पुगेको हो ।



    गत चैतको ३० गतेसम्ममा कुल ४३ खर्ब ८९ अर्ब रहेको निक्षेप रहेकोमा अझै ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीभन्दा बाहिर रहेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठको पहिलो साता ७ अर्ब निक्षेप संकलन भएको थियो भने जेठको दोस्रो साता ६ अर्ब निक्षेप संकलन भएको छ ।



    गत चैतको ३१ बाट घट्न थालेको निक्षेप वैशाख १६ सम्म घटेको थियो । त्यसपछि एक हप्तामा ६ अर्ब निक्षेप वढेको थियो भने निर्वाचनको एक हप्तामा पुनः ४ अर्ब निक्षेप घटेको थियो ।

    यो सबै निक्षेप नेपाली रुपैयाँमा भएको हो । वैशाख १६ गतेदेखिको एक महिनाको अन्तरालमा विदेशी मुद्रामा निक्षेप थप्न सकेको छैन । वैशाख १६ मा १ खर्ब १० अर्ब विदेशी मुद्रामा निक्षेप रहेकोमा हालसम्म पनि सोही अंकमा निक्षेप रहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार