Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चौरपाटी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भिम साउँद विजयी

    चौरपाटी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भिम साउँद विजयी

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर साउँद विजयी भएका छन् । नेकपा एमालेका राम बहादुर आउजीलाई हराउँदै साउँदले तीन हजार ९८२ मत ल्याएर विजयी भएका हुन् ।

    आउजीले दुई हजार ५०६ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्क बहादुर साउँदले एक हजार ४७४ मत ल्याए ।



    यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु देबी खड्का निर्वाचित भइन् । खड्काले तीन हजार ७३४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी अनिता खड्काले दुई हजार ४९१ मत पाइन् ।



    यस्तै गठबन्धनका जीवनबिक्रम साउँदले एक हजार ७६३ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार