Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भीम साउँदले पूरा गरे चुनावी वाचा, चौरपाटीमा सञ्चालनमा आयो टेलिकमको ‘फोर जी’ सेवा !

    भीम साउँदले पूरा गरे चुनावी वाचा, चौरपाटीमा सञ्चालनमा आयो टेलिकमको ‘फोर जी’ सेवा !

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 4.3K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । पालिकाको वडा नम्बर १ स्थित गाँजचौर डाँडामा टावर निर्माणपछि बुधबारबाट फोर जी सेवा सञ्चालनमा आएको हो ।

    विगत लामो समयदेखि इन्टरनेट पहुँच भन्दा बाहिर रहेका नागरिकहरू अब सजिलैसँग इन्टरनेट सेवा लिन पाउने भएका छन् । गाँजचौर डाँडामा टावर निर्माण भएको झण्डै एक वर्षपछि सेवा सञ्चालनमा आएको हो । सो डाँडामा टावर निर्माण भए पनि बिजुलीका कारण सेवा सञ्चालनमा समस्या भएको थियो ।



    तर गाउँपालिकाले विद्युतको व्यवस्था गरेपछि बुधबारबाट नागरिकहरूले फोर जीको सेवा पाएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले बताए । अध्यक्ष साउँदले लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल भएको बताए ।



    यसअघि चौरपाटी गाउँपालिका कै केन्द्रमा पनि इन्टरनेटले राम्रोसँग काम गर्दैन थियो । अब भने पालिकाको केन्द्रसहित आसपासका वडाहरुमा सो इन्टरनेटले काम गर्ने उनले बताए । फोर जी सेवा सञ्चालनमा आए पनि अहिले पनि गाउँपालिकाका केही भूभागमा अग्ला डाँडाको कारण इन्टरनेट सेवाको पुग्न सकेको छैन ।

    सबै ठाउँका नागरिकलाई इन्टरनेट सेवाको पहुँचमा जोड्न क्षमता पनि बढाइने उनको भनाई छ । टेलिकमबाट खटिएको प्राविधिक टोलीले गाउँपालिकाको केन्द्र नजिकको डाँडामा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको बताइएको छ ।

    योसँगै गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदको चुनावी बाचा पनि पूरा भएको छ । उनले चुनावी घोषणा पत्रमा पनि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा ल्याउने बाचा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार