Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कार्यसम्पादनमा चौरपाटी गाउँपालिका जिल्लाकै प्रथम

    कार्यसम्पादनमा चौरपाटी गाउँपालिका जिल्लाकै प्रथम

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 5.6K
    SHARES

    अछाम । कार्यसम्पादन मूल्यांकनमा अछामका १० वटै पालिकामध्ये सबैभन्दा बढी अंक ल्याएर चौरपाटी गाउँपालिका प्रथम बनेको छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार चौरपाटी गाउँपालिका ३४.०४ अंक प्राप्त गरी जिल्लामै प्रथम बनेको हो ।



    अघिल्लो वर्ष पनि चौरपाटी गाउँपालिका जिल्लामै पहिलो र सुदूरपश्चिम प्रदेशमै दोस्रो बनेको थियो । यस्तै ३३.३९ अंक प्राप्त गरी मंगलसेन नगरपालिका दोस्रो बनेको छ भने कमलबजार नगरपालिका जिल्लाकै कमजोर बनेको छ । कमलबजारले २१.९९ अंक प्राप्त गरेको छ ।



    आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ ।

    जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

    त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा-८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार