Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रुखबाट खसेकी गंगाको उपचार गर्न आर्थिक अभाव, सहयोगका लागि अपील

    रुखबाट खसेकी गंगाको उपचार गर्न आर्थिक अभाव, सहयोगका लागि अपील

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 4.4K
    SHARES

    अछाम । रुखबाट खसेर घाइते अछामको चौरपाटी गाउँपालिकाकी गंगा देवी साउँदको उपचारको लागि परिवारले आर्थिक सहयोगका लागि अपील गरेका छन् ।

    चौरपाटी गाउँपालिका वडा नम्बर १ मोटेना टोलकी गंगाको उपचारको लागि परिवारले सहयोग मागेका हुन् । उनी यही चैत १० गते घास काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् ।



    परिवारका अनुसार उनको कम्मरदेखि दुबै खुट्टा नचल्ने अवस्थामा छन् । उनको अप्रेशन गर्नु पर्ने भएको छ । तर तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् ।



    आर्थिक अवस्था कमजोर कै कारण गंगा देवीका स्वास्थ्य अवस्था झनै नाजुक हुन थालेको छ । गंगा देवीको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

    गंगाको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेका छन् । गंगालाई सहयोग गर्न चाहनेले गंगाका देवर देव साउँदको प्रभु बैंकमा रहेको खाता नम्बर २७८७०४७१०९४०००१८ मा सहयोग गर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार