Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चौरपाटीका १३ विद्यालयलाई ४ लाख बराबरको खेलकुद सामग्री बाडिँदै

    चौरपाटीका १३ विद्यालयलाई ४ लाख बराबरको खेलकुद सामग्री बाडिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 876
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकाको खेलकुद विकास समितिले १३ वटा विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्ने भएको छ । खेलकुद क्षेत्रको विकासका लागि सो समितिले विभिन्न खेलकुदका सामग्री सहयोग गरेको हो ।

    पालिकाको खेलकुद विकास समितिका अनुसार करिब चार लाख बराबरका खेलकुद सामग्री १३ वटा विद्यालयलाई सहयोग गरिन लागिएको हो ।



    शुक्रबार पहिलो दिन चारवटा विद्यालयलाई समितिका अध्यक्ष तुल बहादुर साउँद लगायतको टोलीले खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।



    बाँकी विद्यालयमा आइतबार खेलकुद सामग्री हस्तान्तरण गरिने बताइएको छ । समितिका अनुसार गाउँपालिकाभित्रका माध्यमिक र निम्न माध्यमिक विद्यालयलाई खेलकुद सामग्री सहयोग गरिनेछ ।

    प्रत्येक विद्यालयलाई भलिबल, नेट, नेट स्टिक, नेट पट्टि, पम्प, क्रिकेट ब्याट, क्रिकेट बल लगायतका सामग्री सहयोग गरिएको खेलकुद विकास समितिले जनाएको छ । सो खेलकुद सामग्रीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

    यस्तै गत साल जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १०औँ स्थानमा आएको पालिका यो वर्ष भने चौथौ स्थानमा फड्को मार्न सफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार