Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चौरपाटीकी गंगाको उपचारका लागि परिवर्तनशिल युवा क्लबले गर्‍यो २५ हजार सहयोग

    चौरपाटीकी गंगाको उपचारका लागि परिवर्तनशिल युवा क्लबले गर्‍यो २५ हजार सहयोग

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 3K
    SHARES

    अछाम । रुखबाट खसेर घाइते भएकी अछामको चौरपाटी गाउँपालिकाकी गंगा देवी साउँदको उपचारका लागि परिवर्तनशिल युवा क्लबले आर्थिक सहयोग गरेको छ ।

    गाउँपालिकाको वडा नम्बर १ मोटेना टोलकी गंगा यही चैत १० गते घास काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका लागि सोही टोलमा गठित परिवर्तनशिल युवा क्लबले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।



    बुधबार क्लवका पूर्व अध्यक्ष बुद्धि साउँदले धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत गंगाका देवर देव साउँदलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो सहयोग हस्तान्तरणका क्रममा जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।



    साथै क्लवले गंगाको उपचारका लागि आर्थिक सहयोग अभियान चलाइरहेको छ । गम्भीर घाइते गंगाको हाल सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

    उनको उपचारमा आर्थिक अभाव भएपछि परिवारले देशविदेशमा रहेका सबैलाई सहयोगका लागि अपील गरेका थिए । उनको उपचारका लागि अहिले देश तथा विदेशमा आर्थिक संकलन भइरहेको छ ।

    परिवारका अनुसार उनको कम्मरदेखि दुबै खुट्टा नचल्ने अवस्थामा छन् । उनको अप्रेशन गर्नु पर्ने भएको छ । तर तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् ।

    आर्थिक अवस्था कमजोर कै कारण गंगा देवीका स्वास्थ्य अवस्था झनै नाजुक हुन थालेको छ । गंगालाई सहयोग गर्न चाहनेले गंगाका देवर देव साउँदको प्रभु बैंकमा रहेको खाता नम्बर २७८७०४७१०९४०००१८ मा सहयोग गर्न सक्नेछन् भने ९८६५६१४५७४ नम्बरमा सम्पर्क पनि गर्न सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार