Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • स्थानीय तहमा अब कांग्रेस पहिलो दल, एमालेले ९० बढी तह गुमाउँदै

    स्थानीय तहमा अब कांग्रेस पहिलो दल, एमालेले ९० बढी तह गुमाउँदै

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विगत जोगाउने परिणाम ल्याउन नसक्दा एक स्थान तल झर्दै दोस्रो बन्ने देखिएको हो ।

    २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित हात पारेको थियो भने २ सय ६६ स्थानीय तहमा कांग्रेसले जितेको थियो । तर बुधबार राति अबेरसम्मको प्रारम्भिक परिणामअनुसार कांग्रेसले विगतको दोस्रो स्थानको हैसियतलाई बदल्दै स्थानीय तहमा पहिलो दल बन्ने पक्का भएको हो ।



    राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ३० स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित हात पारेको छ भने ८७ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ । यस्तै, नेकपा एमालेले १ सय ४९ तहमा प्रमुख÷अध्यक्षमा जित हात पार्दा ५० स्थानीय तहमा अग्रता लिएको छ ।



    यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतको भन्दा करिब ९० स्थानीय तह गुमाउने देखिएको छ । यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बुधबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय स्थानीय तहमा जित निकालिसकेको छ भने २० स्थानीय तहमा अग्रता लिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार