Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • धनगढी उपमहानगरको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल

    धनगढी उपमहानगरको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान सम्पन्न अन्तिम मतगणना परिणामअनुसार धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत ल्याएर विजय प्राप्त गरेका हुन् ।



    उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृप बहादुर वडले १४ हजार ८१७ मत ल्याए । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरे ।



    त्यसैगरी उपमेयरमा नेकपा एमालेकी कन्दकला रानाले १५ हजार ४७९ मत ल्याएर विजयी भइन् । भने नका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार