Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

    धनगढीका मेयरको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 942
    SHARES

    धनगढी । धनगढी उपमहानगरपालिकाले विगतमा मेयरले चढ्दै आएको गाडी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्ने भएको छ ।

    नवनिर्वाचित मेयर गोपाल हमालले चुनावका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसै अनुसार उनले गाडी सुविधा नलिई विगतमा मेयरले चढ्दै आएको गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।



    मेयर हमालले लक्ष्मी नारायण मन्दिरका श्री १००८ स्वामी देवराज आर्चायमार्फत उक्त गाडीको चावी स्वास्थ्य शाखाका प्रमुख कृष्णराज बोहरालाई हस्तान्तरण गरेका छन् ।



    मेयरमा निर्वाचित भएदेखि नै निजी गाडी चढ्दै आएका हमालले उक्त सरकारी गाडी १९ वटै वडामा मासिक रुपमा सञ्चालन गरिने विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार