Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीमा अनौठो कारबाही : तारजाली नाघ्नेलाई मेयर हमालले गरे खादासहित सम्मान !

    धनगढीमा अनौठो कारबाही : तारजाली नाघ्नेलाई मेयर हमालले गरे खादासहित सम्मान !

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 990
    SHARES

    कैलाली । धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनको तारजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले खादाले सम्मान गरेका छन् ।

    तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन मेयर हमालले तारजाली नाघ्ने वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाई खादासहित सम्मान गरेका हुन् ।



    मेयर हमाललको सचिवालयका अनुसार धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका बेला पाध्यायलाई धनगढी उपमहानगरको टोलीले समातेर सम्मान गरेको हो ।



    केही दिन अगाडि पनि बोटविरुवा सुरक्षा गर्न बनाएको तार जाली नाघेर सडक पार गरेका विभिन्न व्यक्तिहरुका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

    सडकको सुन्दरताका लागि उपमहानगरपालिकाले ६ लेन सडकको मेडियनमा विरुवा रोपेर तारजाली लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार