Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धनगढीका नगर प्रहरी प्रमुख मल्ल बर्खास्त, भन्छन् – कुरौटे कार्यालय सहयोगीको कुरा सुनियो

    धनगढीका नगर प्रहरी प्रमुख मल्ल बर्खास्त, भन्छन् – कुरौटे कार्यालय सहयोगीको कुरा सुनियो

    'प्रशासनलाई बिदा माग्दा पनि पाएन'

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 6.9K
    SHARES

    धनगढी । कैलालीस्थित धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सईलाई बर्खास्त गरिएको छ । मेयर गोपाल हमालको निर्देशनमा नगर प्रहरी प्रमुख सई कृष्ण मल्ललाई सोमबार जागिरबाट हटाइएको हो ।

    मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि नगर प्रहरीका सई मल्ललाई जागिरबाट हटाइएको बताइएको छ । प्रमुख प्रसाशकिय अधिकृत रामलाल श्रेष्ठले मल्ललाई सोमबार नै बर्खास्त गरेर असई चेतराज जोशीलाई जिम्मेवारी दिएको बुझिएको छ ।



    तर यता जागिरबाट हटाइएका सई मल्लले प्रशासनलाई बिदा माग्दा पनि नपाए बताए । उनले बिदा माग्दा पनि नपाएर सेकेन्डलाई वुझाइ कहिले काही काम परेपछि बिरामी भेट्न २-४ घण्टा राति जाँदाको निहुँ भएको बताए ।



    १ बर्षमा १ दिन बिदा नलिई नगरपालिकाको काम गरेको तर कुरौटे कार्यालय सहयोगीको कुरा सुनेर आफूलाई जागिरबाट हटाएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार