Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धनगढी उपमहानगरपालिकाले विपन्नलाई दाहसंस्कार खर्च दिने

    धनगढी उपमहानगरपालिकाले विपन्नलाई दाहसंस्कार खर्च दिने

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.1K
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ।

    आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर उपमहानगरले पाँच हजार रुपैयाँ दाहसंस्कार खर्च दिने भएको हो।



    आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।



    आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षहरूको समन्वयमा उपलब्ध गराइने जनाइएको छ।

    यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार