Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • धनगढी उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    धनगढी उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 675
    SHARES

    धनगढी । धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।

    उपमहानगरबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।



    नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएको थियो।



    समायोजनमा कामकाज गर्नेगरि खटाएका कर्मचारीहरुलाई २०८० श्रावण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ ।

    यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार