Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धनगढीका मेयर हमाललाई ‘धम्की दिने’ रानाले उपमहानगरपालिकाभित्रै विष खाए

    धनगढीका मेयर हमाललाई ‘धम्की दिने’ रानाले उपमहानगरपालिकाभित्रै विष खाए

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 549
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई धम्की दिने व्यक्ति अस्पताल भर्ना भएका छन् ।

    छलफलका लागि भन्दै धनगढी उपमहानगरपालिका कार्यालय ल्याइएका बेला मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् ।



    उनले नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेका थिए । अहिले उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।



    सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

    प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार