Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीका मेयर हमालकी छोरी भारतबाट सम्पर्कविहीन

    धनगढीका मेयर हमालकी छोरी भारतबाट सम्पर्कविहीन

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 546
    SHARES

    काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतमा हराएकी छन् ।

    मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको सामाजिक सञ्जालबाट बताएका हुन्।



    मेयर हमालले लेखेका छन्, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’



    उनले आफ्नी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न गोवा पुग्दै गरेको जानकारी दिएका छन् ।

    ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार