Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

    एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 852
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

    मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो ।



    निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब ५० पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।



    नेपाली कांग्रेसपछि एमालेले पालिकाको सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद जितेको छ । कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ, जुन एमालेकोभन्दा १२१ ले बढी हो ।

    आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार