Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष साउँदद्धारा पदभार ग्रहण

    चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष साउँदद्धारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भिम बहादुर साउँदले पदभार ग्रहण गरेका छन् । आइतबार एक समारोहबीच अध्यक्ष साउँदले पदभार ग्रहण गरेका हुन् ।

    गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका थिए । उनी नेकपा एमालेका राम बहादुर आउजीलाई हराउँदै साउँदले तीन हजार ९८२ मत ल्याएर विजयी भएका हुन् ।



    आउजीले दुई हजार ५०६ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्क बहादुर साउँदले एक हजार ४७४ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु देबी खड्का निर्वाचित भइन् ।



    शनिबार शपथ ग्रहण गरेका साउँदले आज पदभार ग्रहण गरे । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा एक मतले हार व्यहोरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार